१९ प्रतिशत बोनस शेयर दिने तयारीमा सिभिल लघुवित्तको साधारणसभा २८ कार्तिकमा

१९ प्रतिशत बोनस शेयर दिने तयारीमा सिभिल लघुवित्तको साधारणसभा २८ कार्तिकमा

केन्द्रबिन्दु
0
Shares

सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लाभांश प्रस्ताव पास गर्ने मुख्य एजेन्डासहित सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसअनुसार १३ कात्तिकसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ । कम्पनीले सभामा चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । 

Logo