ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकले गरेको हस्तक्षेप स्वागतयोग्य: चेम्बर

ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकले गरेको हस्तक्षेप स्वागतयोग्य: चेम्बर

केन्द्रबिन्दु
0
Shares

नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले निक्षेपको उच्च ब्याजदर नियन्त्रणका लागि जारी गरेको परिपत्र स्वागत योग्य भएको जनाएको छ।

बैंकहरुमा पछिल्लो पाँच महिनादेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप बढाउनको लागि अस्वस्थ प्रतिस्पर्धा देखिएको छ। यसरी बैंकहरुमा निक्षेपको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको अवस्थामा राष्ट्र बैंकले गत बुधबार जारी गरेको परिपत्र स्वागतयोग्य रहेको चेम्बरले जनाएको हो। 

राष्ट्र बैंकले गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम गर्नसमेत निर्देशन दिएको छ।
 
बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसीयो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदरसमेत बढेको थियो।

सोही कारण तत्कालै पुरानै व्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरले जनाएको छ।

Logo