स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने, कहिले हुँदैछ बुक क्लोज ?

स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने, कहिले हुँदैछ बुक क्लोज ?

केन्द्रबिन्दु
0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयर धनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयर धनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका एजेन्डा छन् ।

Logo