दराजको ४७ भन्दा धेरै सहरमा सेवा विस्तार, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्ने निर्णय

दराजको ४७ भन्दा धेरै सहरमा सेवा विस्तार, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ।  

२०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उदेश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ। यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफल मात्र नभई देशमा एक राम्रो ई–कमर्स पारितंत्रको निर्माण गर्न मद्दत पुर्याउने छ। यो उद्देश्य फलदायी रहेको देखिन्छ किनकि हाल दराजले नेपालका ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको छ।

नेपालको विविध भूगोलले दराज जस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइहरू प्रस्तुत गर्दछ। जसमध्ये, प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ। देशभरका प्रमुख शहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउँदछ। 

यही मुद्दालाई सम्बोधन गर्नको लागि, दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासँग परिचित वितरण कर्मीहरुसँग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ। यी वितरणकर्मी या “डेलिभरी हिरोजÞ“हरुले कम्पनीलाई कुनै पनि उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन्।

हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू छन्। यी हबहरुबाट नै ग्राहकहरुको उत्पादनहरु वितरण गरिन्छ । हब निम्नानुसार छन्ः

१. बिर्तामोड
२. विराटनगर
३. जनकपुर
४. बीरगंज
५. भरतपुर
६. पोखरा
७. बुटवल
८. धनगढी
९. भक्तपुर–सल्लाघारी
१०. काठमाडौं–पुरानो बानेश्वर
११.काठमाडौं– बालाजु
१२. काठमाडौं– गोपीकृष्ण
१३. काठमाडौं– न्युरोड
१४. काठमाडौ– थसिखेल
१५. काठमाडौं– सोल्टिमोड

२०१८ सालमा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद संचालन (लोजिस्टिक अपरेसन) धेरै आधारभूत थियो। ठुलो रुपमा कार्यभार उठाउन सक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन। नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी “दराज एक्सप्रेसको“ रूपमा आफ्नै समाधान निकाल्यो। दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रणमार्फत ग्राहकहरुको लागि राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको छ।  

Logo