तीन सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

तीन सयले बढ्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो। आइतबार चार सयले बढेको थियो।

गत हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। यस्तै सुन बिहीबार तीन सयले बढेको सुन शुक्रबार स्थिर रहेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Logo