नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो।

जसअनुसार बैंकले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको १४ प्रतिशतका दरले बोनस सेयर वितरणपछि चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार आठ सय ३१ रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

Logo