अर्थमन्त्री शर्मा र फ्रान्सका राजदूत बोर्बाओबीच शिष्टाचार भेट

अर्थमन्त्री शर्मा र फ्रान्सका राजदूत बोर्बाओबीच शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन,  जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे । 

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नुहुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदूत बोर्बाओलाई आग्रह समेत गरेका छन् ।

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूर्तिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको बताइएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ । 

Logo