यस्तो छ आजको विनिमय दर (कुन देशकाे कति?)

यस्तो छ आजको विनिमय दर (कुन देशकाे कति?)

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७५ पैसा र बिक्री दर १२० रुपैयाँ ३५ पैसा कायम गरेको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९० रुपैयाँ २७ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ। 

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ८० पैसा र बिक्री दर १३९ रुपैयाँ ५० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४५ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३२ पैसा र बिक्री दर १३० रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बिहीबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा छ।  

Logo