सुन्दर ट्रेडसले बजारमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

सुन्दर ट्रेडसले बजारमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
0
Shares

सुन्दर ट्रेडर्स प्रा.लि.ले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीको बारेमा जीपीएसबाट हेर्न सकिने बताएका छन् । उनले आगामी केही दिनमा नै प्रा.लि.ले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कार आयात गर्ने समेत बताएका छन् । यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको उनले बताए ।

अध्यक्ष थापाले भने, ‘इलेक्ट्रिक स्कुटी आयात गरेका छौँ, यसलाई जीपीएसबाट कति चार्ज भयो भन्ने कुरा हेर्न सकिन्छ । यसको भित्र जीपीएस राखिएको छ, त्यसैले आफू हिँड्दा हिँड्दै कति ब्याट्री खपत भयो हेर्न सकिन्छ, हामीले अहिले ५ मोडलमा स्कुटी ल्याएका छौँ, आगामी केही दिन भित्र पहाडी भेगमा पनि सञ्चालन हुनसक्ने गरेर बाइक र कार सञ्चालन गर्नेछौं, सम्भावित ४० दिनमा कारसहित इलेक्ट्रिक बाइक सञ्चालन हुनेछ ।’

अध्यक्ष थापाले इन्धनको भारलाई कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताएका छन् । उनले अबको महिना दिनमा सुन्दर यातायात प्रा.लि.ले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकलहरु तयार गरेको बताए ।

Logo