सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो। 

यस हप्ता आइतबार चार सयले बढेको थियो। सोमबार तीन सयले बढेको सुन मंगलबार दुई सयले बढेको थियो। बुधबार ६ सयले घटेको सुन बिहीबार ४ सयले बढेको थियो।

गत हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। यस्तै सुन बिहीबार तीन सयले बढेको सुन शुक्रबार स्थिर रहेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज ५ रूपैयाँले घटेर एक हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको छ।

Logo