कस्ताे छ आज विदेशी मुद्राको विनिमय दर?

कस्ताे छ आज विदेशी मुद्राको विनिमय दर?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५८ पैसा र बिक्री दर १२० रुपैयाँ १८ पैसा कायम गरेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८० पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ। 

शुक्रबार युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १३९ रुपैयाँ ३५ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४६ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५२ पैसा र बिक्री दर १० रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८४ पैसा र बिक्री दर ३३ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ रहेको छ।  

Logo