एभरेष्ट बैंकद्वारा १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा

एभरेष्ट बैंकद्वारा १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्। 

हाल चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ। 

Logo