भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा फोनपे मार्फत डिजिटल भुक्तानी गर्न सकिने

भाटभटेनी डिपार्टमेन्टल स्टोर्समा फोनपे मार्फत डिजिटल भुक्तानी गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ। यो सँगै  यसअघि नगद वा कार्डमार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । 

बिहीबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरे। भाटभटेनीमा प्रभु बैंकमार्फत क्यूआर स्क्यान राखिएको हो। यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ। 

जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिए। कार्यक्रममा उनले भने, “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएको छ। डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ।”

यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताए। 

यस्तै भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए। २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनको भनाइ थियो । उनले अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिकरूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाए। 

डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान (PCI DSs\ v3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो । 

कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नु परे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ। यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।

Logo