जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गरिनेछः अर्थमन्त्री शर्मा

जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गरिनेछः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताएका छन्। 

शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताएका हुन्। उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए। उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए। उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने पनि बताए।

अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए। उनले सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको जानकारी दिए।

Logo