‘एनसेल’ वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

‘एनसेल’ वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ। कार्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजेताको घोषणा भएको थियो। 

सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरुको सरहना गर्दछ।  

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउदै सरकारलाई दीगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो। त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो। वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ। 

“यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरु हामीले समाजको विकास र दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्यहरु मात्र नभएर हाम्रा सामाजिक पहलहरुको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायहरुलाई पुर्याएको सहयोग र योगदानको कदर हो। हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु ।” वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरु जित्न सफल भएकोमा खुसी  र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने। 

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि पाँच कम्पनीहरु सूचीकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचीकृत भएका थिए। 

यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो। 

Logo