काठमाडौंको पुतलीसडकमा ‘सिटिस्केप थकाली रेष्टुरेन्ट’ सञ्चालनमा

काठमाडौंको पुतलीसडकमा ‘सिटिस्केप थकाली रेष्टुरेन्ट’ सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको पुतलीसडक स्थित कम्प्युटर बजारको भवनमा ‘बजेटमा लक्जरी’ मुल नारा लिएर सिटिस्केप थकाली रेष्टुरेन्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ।

सन् २०१९ मा अस्ट्रेलियाबाट नेपालमा नै व्यवसाय गर्ने भन्दै पोषण नेपाल र पूजन नेपाल दुई दाजुभाई नेपालमा फर्किएका थिए। उनीहरू नेपाल फर्किए लगत्तै डिल्लीबजारस्थित ‘हाँडी बिरयानी’ नामको रेष्टुरेन्ट सुरु गरे। हाँडी बिरयानी रेष्टुरेन्ट सञ्चालन गरेकोसाढे दुई वर्षको छोटो अवधिमा कोरोना महामारीको प्रभावका बिचमै दुई दाजुभाइले नेपाली मौलिक ठाउँ विशेष अनुसारका परिकार पस्कने उद्देश्यले अर्को नयाँ सिटिस्केप थकाली रेष्टुरेन्ट व्यवसाय सञ्चालन सुरु गरेका हुन्।

दुई दाजुभाइले गुणस्तरीय सेवा दिने उद्देश्यले सिटिस्केप थकाली नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। शुक्रबार रेष्टुरेन्टको नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलीसिटी भल्कले उद्घाटन गरेका छन्। राजदूत भल्कले उद्घाटन गरेसँगै शुक्रबारदेखि सबै ग्राहकलाई रेष्टुरेन्ट खुल्ला भएको छ। 

हाँडी बिरयानीलाई सबैले मन पराइदिएकाले विदेशी परिकारका खानासहित नेपाली ठाउँ विशेष अनुसारको खाना ग्राहकलाई खुवाउने उद्देश्यले सिटिस्केप थकाली रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक पोषण नेपालले बताए।

उनका अनुसार रेष्टुरेन्टले नेपाल,ग्रिस, ब्रिटेन र अष्ट्रेलिया गरी चार देशको प्रतिनिधित्व गर्नेछ । उनले भने,‘विशेष गरेर नेपाली मौलिक खाना, त्यो पनि ठाउँ विशेषका परिकार रेष्टुरेन्टमा आफैं बनाएर ग्राहकलाई खुवाउँछौं।’

त्यस्तै अर्का सञ्चालक पुजन नेपालले नेपालमा व्यवसाय गर्ने चाहना भएकाले युवाले कुनै पनि सरकारी झन्झटबिना आफ्नो चाहना अनुसार व्यवसाय गर्न सकिने बताए।

रेष्टुरेन्टमा नेपालीका चर्चित विभिन्न ठाउँ विशेष परिकार माझिकुनाको माछा, नौ डाँडाको भाले, रौतहटको कटिया,चितवनको तास,पाल्पाको चुकौनी, बुटवलको साग सुकुटी, ताप्लेजुङको फाक्सा, पूर्वेली पक्कु र नेपालगञ्जको बिरयानीको स्वाद चाख्न पाइन्छ।

रेष्टुरेन्टका विशेषताहरू
१.५० जनासम्मको सेमिनर गर्न सकिने 
२.१०० जनासम्मको विभिन्न कार्यक्रम गर्न मिल्ने
३.क्याफे सुविधा
४.२० जनासम्मको गु्रप बारबिक्युको सुविधा
५.घरको सबैभन्दा माथिल्लो छतमा व्यवस्थित रुपमा टिकटक बनाउन मिल्ने गरी सजावट
६.कात्तिक महिनाभरी आउने ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था

Logo