आजका लागि ताेकिएकाे विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजका लागि ताेकिएकाे विदेशी मुद्राको विनिमय दर यस्तो छ

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९०  पैसा र बिक्री दर ९० रुपैयाँ ३५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ९१ पैसा छ। 

युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँ ८८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ ५२ पैसा र बिक्री दर १६४ रुपैयाँ ३४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५० पैसा र बिक्री दर १३१ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८ रुपैयाँ ७५ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री दर ३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०१ पैसा रहेको छ।  

Logo