सुनको मूल्य तोलामा एक सय रुपैयाँले उकालो लाग्याे, चाँदीको पनि बढ्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँले उकालो लाग्याे, चाँदीको पनि बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा साेमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो।

साेमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार एक हजार २४० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ। 

Logo