कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश दिने घोषणा

कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश दिने घोषणा

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले १६ कात्तिकमा २१औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले आठ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकको रजिष्ट्रार कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो। 

सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। सभामा उपस्थित हुने शेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको छ प्रतिशत बोनस सेयर र दुई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित हुनेछ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ।
 
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ८ कात्तिकमा बुक क्लोज गरेको छ। यसअनुसार ७ कात्तिकसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन्।

Logo