‘सेल पे’ ले ल्यायाे तिहारका लागि ‘सुपर तिहार सेल’ अफर

‘सेल पे’ ले ल्यायाे तिहारका लागि ‘सुपर तिहार सेल’ अफर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुका लागि यस चाडपर्वको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ।

यस योजना अन्तर्गत सेलपे का ग्राहकहरुले CellPay Kart बाट सामान खरिद गरेमा ५ प्रतिशत (रु. २५००) सम्मको क्यास ब्याक पाउनेछन्। यो योजना कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागू हुनेछ।

सर्तहरु

५% (रु. २५००) सम्मको Cashback पाउनका लागि चेकआउट गर्दा कुपन कोड (Tihar)  राखी चेकआउट गर्नु पर्नेछ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ।

    बास्तविक समयमा भुक्तानी
    सरल र सुरक्षित
    बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B  आदि वास्तविक समयमा गर्न सकिन्छ। साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहजरुपमा यो सेवा लिन सक्नेछन्। साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्नेछैन।  

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ। 

Logo