मंगलबारको विदेशी मुद्रा विनिमय दर यस्तो छ

मंगलबारको विदेशी मुद्रा विनिमय दर यस्तो छ

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४९ पैसा र बिक्री दर १२० रुपैयाँ ०९ पैसा कायम गरेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ १३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०४ पैसा रहेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ २१ पैसा र बिक्री दर १३८ रुपैयाँ ९० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९८ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री दर ३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ छ।

Logo