विदेशी मुद्राको विनिमय दर: कुन देशको कति?

विदेशी मुद्राको विनिमय दर: कुन देशको कति?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १९ पैसा र बिक्री दर ११९ रुपैयाँ ७९ पैसा कायम गरेको छ। 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ४२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ५० पैसा छ। 

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८७ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ५५ पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९८ पैसा छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८ पैसा रहेको छ।

Logo