यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १३ पैसा र बिक्री दर ११८ रुपैयाँ ७३ पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ५६ पैसा र बिक्री दर १३७ रुपैयाँ २५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३६ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १३ पैसा र बिक्री दर १२९ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३८ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ५० पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ।

Logo