सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ६७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ११० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Logo