निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा भएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा  गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो। बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको साेही अवधिमा बैंकले २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने निक्षेप संकलन १९.२६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ। 

नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएकाे छ। बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ।

Logo