डर्ट बाइकमा विशेष छुट, तत्काल बुकिङ गरे ३० हजार क्यास ब्याक

डर्ट बाइकमा विशेष छुट, तत्काल बुकिङ गरे ३० हजार क्यास ब्याक

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा भित्रिएकाे कायो ब्रान्डको डर्ट बाइक (२५० सीसी) किन्ने ग्राहकहरूका लागि विशेष छुट राखिएकाे छ। नेपालका लागि आधिकारिक वितरक सुबानी ट्रेडर्सले यसको बुकिङ खुल्ला गर्दै छुट अफर सार्वजनिक गरेको हाे।

बाइकको वास्तविक मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। तर अहिले बुकिङ गर्ने ग्राहकका लागि ३० हजार क्यास ब्याक उपलब्ध गराइने कम्पनीले जनाएकाे छ। छुट पछि यसको मूल्य ४ लाख २० हजार रुपैयाँ मात्र हुनेछ। त्यसैगरी निःशुल्क हेलमेट, ह्यान्डगार्ड र ग्लोबसमेत उपलब्ध हुनेछन्।

यो बाइकमा २५० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड इन्जिन छ, जसले ८,५०० आरपीएममा १६.५ पीएस पावर र ५,५०० आरपीएममा १७.५ एनएम टर्क जेनेरेट गर्छ। १०५ किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको यो बाइकको तौल १०७ किलोग्राम छ।

सहज फाइनान्स सुविधासमेत उपलब्ध हुने यो बाइकमा २ वर्षको वारेन्टी उपलब्ध हुने र काठमाडौंको रातोपुल तथा पोखराको बुद्धचोकस्थित साझा पेट्रोल पम्पसँगै रहेको सोरुममार्फत बाइक बुकिङ गर्न सकिनेछ।

Logo