टोयोटाले ‘एसयूभी राइज कार’ नेपाली बजारमा ल्याउने

टोयोटाले ‘एसयूभी राइज कार’ नेपाली बजारमा ल्याउने

केन्द्रबिन्दु
0
Shares

टोयोटाको नयाँ एसयूभी राइज कार नेपाली बजारमा उपलब्ध हुने भएको छ। नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो कार आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ। टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध भए पनि नेपाली बजारमा हाल १.२ लिटर इन्जिनयुक्त राइज उपलब्ध हुने बताइएको छ। दुवै इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ। यसमा भएको ४.९ मिटर टर्निङ रेडियसले सहज तरिकाका साथ ह्यान्डलिङ गर्न सहयोग गर्छ। त्यसैगरी २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्छ।

फ्रन्ट तथा रियर पार्किङ असिस्टले गाडीलाई ठोकिन वा अन्य अप्ठेरोहरुबाट बचाउँछ। गाडीको इन्टेरियरमा भएको ७ इन्च इन्फोटेनमेन्ट सिस्टममा पछिल्लो भर्सनको एप्पल कारप्ले र एन्ड्रोइड अटोसहित आउँछ, जसबाट कनेक्टिभिटी र सेक्युरिटीमा सहयोग पुग्छ।

विभिन्न ८ कलरमा उपलब्ध हुने टोयोटा राइजको मूल्य करिव ६६ लाख रुपैयाँदेखि प्रारम्भ हुने अनुमान गरिएको छ।

Logo