यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ। 

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ ११ पैसा रहेको छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४ पैसा रहेको छ। आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८९ पैसा रहेको छ। 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ।      

    

Logo