रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा

रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा

केन्द्रबिन्दु
0
Shares

रिलायन्स लाइफ इन्स्याेरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा आह्वान गरेको हो। 

सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दैछ। यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Logo