फोटोन मोटर्सका सुविधा सम्पन्न स्कुल भ्यान नेपाली बजारमा

फोटोन मोटर्सका सुविधा सम्पन्न स्कुल भ्यान नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको लक्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ। 

यो स्कुल भ्यान सुरक्षाका दृष्टिकोणले सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ। विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन्।

आईएसएफ क्युमिन्स इन्जिनयुक्त स्कुल भ्यानमा एउटै इन्जिनबाट चल्ने एयर कन्डिसन रहेको छ।  साथै विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिट बेल्ट रहेको छ। भ्यानमा आरामदायी सेमी रिक्लाइनिङ सिट रहेका छन् ।

भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाउँको साथै ब्यागसमेत राखेर आरामसँग बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। 

Logo