सुनको मूल्यमा वृद्धि, चाँदीकाे स्थिर

सुनको मूल्यमा वृद्धि, चाँदीकाे स्थिर

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सयले बढेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ।

यस अघि आइतबार सुन तोलाको ९३ हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १२४५ मा कारोबार भइरहेको महसंघले जनाएको छ।

Logo