सुनको मूल्य घट्याे, चाँदीकाे स्थिर

सुनको मूल्य घट्याे, चाँदीकाे स्थिर

केन्द्रबिन्दु
0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ।

यस अघि बिहीबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भैरहेको महसंघले जनाएको छ।

Logo