बेनेलीको प्यानेरिया स्कुटर नेपाली बजारमा

बेनेलीको प्यानेरिया स्कुटर नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक इटालियन रेट्रो स्कुटर नेपाली बजारमा सार्वजनिक गरिने भएको छ। केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेलीको प्यानेरिया स्कुटर नेपाली बजारमा लन्च गर्ने योजना बनाएको हाे।

ब्ल्याक, ब्लु, ह्वाइट र यल्लो गरी चार कलर अप्सनमा उपलब्ध हुने यो स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ। 

दुई साता पहिले बुकिङ खुल्ला गरिएको प्यानेरिया १२५ स्कुटर नेपाली सडकका लागि नयाँ अनुभव हुनेछ।

एफआई इन्जिनयुक्त सो स्कुटर क्लासिक रेट्रो लुक्समा उपलब्ध छ। फुल्ली लोडेड फिचरयुक्त सो स्कुटरमा १२/९० साइजको टायर प्रयोग गरिएको छ। यसमा भएको १२५ सीसी इन्जिनले ६००० आरपीएममा ८.५ हर्स पावर तथा ७५०० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ। 

फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएलसहितको फुल एलईडी लाइटिङ सिस्टम, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम, किल स्विच, चार्जिङ प्वाइन्ट आदि विभिन्न फिचर भएको सो स्कुटर भित्रिए पश्चात १२५ सीसी सेगमेन्टको नेपाली स्कुटर बजारमा अर्को प्रतिस्पर्धी थपिने अनुमान गर्न सकिन्छ। डिजाइन, लुक्स, मूल्य र फिचर आदिका आधारमा यो स्कुटरले हाल नेपाली बजारमा उपलब्ध भेस्पा ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ।

Logo