सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनकाे मूल्य ४ सय र चाँदीकाे १५ रूपैयाँले घटेकाे हाे।

छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो। ​

आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Logo