सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

सुनको मूल्य तीन सयले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकोमा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Logo