होन्डाको नयाँ मूल्यसूची सार्वजनिक, केही माेडेलका बाइककाे मूल्य बढ्याे

होन्डाको नयाँ मूल्यसूची सार्वजनिक, केही माेडेलका बाइककाे मूल्य बढ्याे

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आइतबारदेखि लागू हुने गरी केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ।

नयाँ मूल्य सूची अनुसार होन्डा साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको मूल्यमा वृद्धि गरिएको छ। अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत छ।

सबैभन्दा बढी मूल्यवृद्धि होन्डा एक्स–ब्लेडमा गरिएको छ। यसको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरी ३ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ। साइनका सबै भेरिएन्ट र सीबी युनिकर्न १५० तथा सीबी हर्नेटमा ५ हजार रुपैयाँले मूल्यवृद्धि गरिएको छ।

Logo