सुनचाँदीको मूल्य ५०० ले घट्याे, यस्ताे छ बजार भाउ

सुनचाँदीको मूल्य ५०० ले घट्याे, यस्ताे छ बजार भाउ

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ  कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो। बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Logo