बीएमडब्ल्युका बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल नेपाली बजारमा

बीएमडब्ल्युका बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

बीएमडब्ल्यु मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हिमालयन मोटरार्ड अन्तर्गतको टर्क मोटर्स ट्रेडिङले बीएस६ भर्सनका जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ।

केही महिना पहिलेदेखि नै बुकिङ खुल्ला गरेको भए पनि अब भने यी माेटरसाइकलहरू बजारमा उपलब्ध भएका हुन्। यस अघि बीएस ४ भर्सनमा उपलब्ध मोटरसाइकलसमेत नेपाली बजारमा लोकप्रिय रहेका थिए।

बीएस६ भर्सनमा पहिले भन्दा थप फिचरको रुपमा इन्टिग्रेटेड डीआरएल, एलईडी हेडलाइट, साइड इन्डिकेटर, राइड बाई वायर, कस्मेटिक अपडेट, एड्जस्टेबल लिभर र फुल डिजिटल डिस्प्ले लगायत विशेषता रहेकाे कम्पनीले जनाएकाे छ।

दुवै मोटरसाइकलमा ३१३ सीसी वाटरकुल्ड, सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ, जसले ३४ पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ। १४३ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति भएको मोटरसाइकलमा ११ लिटरको इन्धन ट्यांकी छ।

नेपाली बजारमा यी मोटरसाइकल विभिन्न तीन कलर भेरिएन्टमा रहेका छन्। बीएमडब्ल्यु जी ३१० आर कस्मिक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र स्टाइल प्यासन तथा स्टाइल स्पोर्टको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी बीएमडब्ल्यु जी ३१० जीएस पोलार ह्वाइटको मूल्य १४ लाख ५० हजार र ट्रिपल ब्ल्याक तथा र्‍यालीको मूल्य १४ लाख ७५ हजार रुपैयाँ रहेको छ।

Logo