यामाहाकाे नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ, यस्तो छ फिचर

यामाहाकाे नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ, यस्तो छ फिचर

केन्द्रबिन्दु
0
Shares

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ, जसको बिक्री केही दिनमा सुरु हुनेछ। नयाँ ईएमएफ इलेक्ट्रिक स्कुटर, ईसी–०५ पछि यामाहाको दोस्रो इलेक्ट्रिक स्कुटर हो, जुन २०१९ मा विश्वव्यापी रूपमा पेश गरिएको थियो।

नयाँ यामाहा ईएमएफ ताइवानको ब्याट्री र टेक्नोलोजी कम्पनी गोगोरोसँगको सहकार्यमा विकास भएको दोस्रो इलेक्ट्रिक स्कुटर हो। हिरो मोटोकर्पले पनि आगामी इलेक्ट्रिक सवारीका लागि गोगोरासँग सहकार्य गरेको छ। यामाहा ईएमएफ पूर्णतया नयाँ प्लेटफर्ममा निर्माण गरिएको हो।

स्कुटरमा मिनिमल फ्रन्ट एप्रोन र भर्टिकल स्ट्याक्ड ट्विन पोड हेडलाइट क्लस्टरसहितको फ्युचरिस्टिक डिजाइन दिइएको छ। स्कुटरमा आफ्टरबर्नर स्टाइल ड्युअल एलईडी टेललाइट, ट्रेन्डी रियरभ्यु मिरर, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, सिंगल पिस सिट र बीफी टायर प्रोफाइल समावेश गरेको छ। सो स्कुटर ३ रङमा लन्च गरिएको छ।

स्कुटर शक्तिशाली इलेक्ट्रिक मोटरद्वारा संचालित छ, जसले अधिकतम १०.३० बीएचपी पावर र २६ एनएमको टर्क जेनेरेट गर्छ। सो स्कुटरले ३ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ।

स्कुटरमा पार्किङ लोकेशन, टर्न बाई टर्न नेभिगेसन र फ्लिट व्यवस्थापन प्रणाली जस्ता केही उन्नत फिचर पनि समावेश गरिएको छ।

यामाहा ईएमएफ एक उच्च गतिको इलेक्ट्रिक स्कुटर हो। यो स्कुटर ८० देखि १०० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुड्ने क्षमता रहेको छ। स्कुटरको फ्रन्टमा २०० एमएम र पछाडि १९० एमएमको डिस्क ब्रेक जडान गरिएको छ।

Logo