नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट

केन्द्रबिन्दु
0
Shares

नेपाली युवाहरुको डिजाइनमा निर्माण भएको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट भएको छ। 

पहिलो सिरिजको पी–१ सोल्ड आउट भएको र बुकिङ बन्द गरिएको कम्पनीले जनाएकाे छ। सन् २०२२ को पहिलो त्रैमासिक अन्त्यमा यसको डेलिभरी प्रारम्भ गरिने र त्यसपछि बुकिङ खोले पश्चात दोस्रो त्रैमासिक मध्यमा डेलिभरी गरिने बताइएको छ।

अहिले डेलिभरी लिने ग्राहकले यात्री डीसी फास्ट चार्जिङमा लाइफ टाइम फ्रि चार्जिङ सुविधा पाउनेछन्।

पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ। यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ।

यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ। यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ। यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ। 

कम्पनीले देशभर १५० चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरिसकेको छ।

Logo