टाटाकाे नेक्सन एसयुभीको मूल्य बढ्याे, १५ हजार भारुसम्म बृद्धि

टाटाकाे नेक्सन एसयुभीको मूल्य बढ्याे, १५ हजार भारुसम्म बृद्धि

केन्द्रबिन्दु
0
Shares

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बढाएको छ। नेक्सनको डिजेल र पेट्रोल दुबै मोडलमा मूल्यबृद्धि भएको हो। यो एसयुभीमा उसले १५ हजार भारुसम्म बढाएको छ। सन् २०२१ को नोभेम्बर महिनामा समेत टाटाले एसयुभीमा मूल्य वढाएको थियो।

कम्पनीले पेट्रोल गाडीमा ५ हजारदेखि १३ हजार भारुसम्म र डिजेलमा ५ हजारदेखि १५ हजार भारुसम्म बृद्धि गरेको छ। सबैभन्दा बढी एक्सएम एस भेरियन्टमा १५ हजार भारुले मूल्यबृद्धि गरिएको हो।

डिजेलमा कुल १८ र पेट्रोलमा २१ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य भारतमा ७ लाख ३९ हजारदेखि १३ लाख ३४ हजारसम्म निर्धारण गरिएको छ। नेपाली बजारमा समेत निकै नै रुचाइएको यो एसयुभीको मूल्य ४० लाख ३० हजार रुपैयाँदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।

नेपालमा यसको पेट्रोल इन्जिनमा कुल ७ वटा भेरियन्ट मात्र उपलब्ध रहँदै आएको छ। नेपाली बजारमा नेक्सनको पेट्रोल मोडल मात्र उपलब्ध रहेका कारण आगामी दिनमा यो एसयुभीको मूल्य ५० हजार रुपैंयाँ हाराहारीसम्मले बृद्धि हुने देखिएको छ।

भारतमा यसअघि मारुती सुजुकी, टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेका छन् ।

Logo