काठमाडौं ।
साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला ३ सयले घटेको हो ।
गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।
आज सुन प्रतितोला ९२ हजार ६ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ । चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी १ हजार २६० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया