नेपाली बजारमा सुन चाँदीको मूल्यबढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५ रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया