८ अर्ब बराबरको आइपिओ माघ २ गते निष्काशन हुने

८ अर्ब बराबरको आइपिओ माघ २ गते निष्काशन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले आगामी माग २ गते देखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज आह्वान पत्र सार्वजनिक गर्दै १०० रुपैयाँ अंकित दरमा ८ करोड कित्ता शेयर अर्थात् ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

यसका लागि धितोपत्र बोर्डबाट गत हप्ता मात्र अनुमति पनि पाएको थियो । उक्त आइपिओ नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो हो । कुल आइपिओ मध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता बैंकको कर्मचारीको लागि छुट्टाइएको छ । यस्तै, आइपिओ ५ प्रतिशत अर्थात् ४० लाख कित्ता भने सामुहिक लगानी कोषको लागि छुट्टाइएको छ ।

त्यो अनुसार ७ करोड ५८ लाख ४० हजार कित्ता आइपिओ सर्व सर्वसाधारणले पाउने छन् । आइपिओ निकाशन छिटोमा माघ ६ गते बैंकिङ समय पश्चात बन्द गरिने छ । ढिलोमा भने माघ १६ गते सम्म निष्काशन खुल्ला गरिने छ ।

बैंकको जारी चुक्तापूँजी २० अर्ब रहेको छ । हाल बैंकको चुक्तापूँजी १२ अर्ब रुपैयाँ छ । यो संस्थापक शेयरधनी तर्फको लगानी हो ।

Logo