ग्यालेक्सी पब्लिक हाई स्कुलकी प्रिन्सिपल गीता राणालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

ग्यालेक्सी पब्लिक हाई स्कुलकी प्रिन्सिपल गीता राणालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केन्द्रबिन्दु
0
Shares

ग्यालेक्सी पब्लिक हाई स्कुलकी पथप्रदर्शक एवम्  प्रिन्सिपल गीता राणा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएकी छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच निजी शैक्षिक क्षेत्रमा अलग पहिचान बनाउँदै शिक्षा क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागिरहेकी राणालाई उक्त सम्मान प्रदान गरेको हो । 

३ दशक बढी समय शैक्षिक यात्रामा रहँदै नेपालमा अंग्रेजी माध्यमको विद्यालय शिक्षा स्थापित गराउन राणाको महत्वपूर्ण योगदान छ । विभिन्न आरोह अवरोह पार गर्दै निजी शैक्षिक क्षेत्रलाई नेपालको शिक्षामा अब्बल सावित गराउन उनले अग्रणी भूमिका निर्वाह गरेकी छन् । 
 

Logo