ग्यालेक्सी पब्लिक हाई स्कुलकी पथप्रदर्शक एवम् प्रिन्सिपल गीता राणा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएकी छन् ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच निजी शैक्षिक क्षेत्रमा अलग पहिचान बनाउँदै शिक्षा क्षेत्रलाई समृद्ध बनाउन निरन्तर लागिरहेकी राणालाई उक्त सम्मान प्रदान गरेको हो ।
३ दशक बढी समय शैक्षिक यात्रामा रहँदै नेपालमा अंग्रेजी माध्यमको विद्यालय शिक्षा स्थापित गराउन राणाको महत्वपूर्ण योगदान छ । विभिन्न आरोह अवरोह पार गर्दै निजी शैक्षिक क्षेत्रलाई नेपालको शिक्षामा अब्बल सावित गराउन उनले अग्रणी भूमिका निर्वाह गरेकी छन् ।
प्रतिक्रिया