कलम बोक्ने शिक्षकहरुले नै ढुंगामुढा टिपेपछि…[फोटोफिचर]

कलम बोक्ने शिक्षकहरुले नै ढुंगामुढा टिपेपछि…[फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरूले अराजक गतिविधि गरेका छन् ।  

बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। तर, नेपाल शिक्षक महासङ्घको आह्वानमा बुधबारदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेका देशभरका शिक्षकहरू मार्च पास गर्दै नयाँ बानेश्वरभन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो। 

त्यसक्रममा सुरक्षाकर्मीहरूमाथि शिक्षकहरुले ढुंगामुढा प्रहार गरेका थिए । त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् । शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् । 

 

Logo