शिक्षक आन्दोलनः कतै सडक जाम, कतै सडक खाली [तस्विरमा]

शिक्षक आन्दोलनः कतै सडक जाम, कतै सडक खाली [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित शिक्षा विधेयकको विरुद्ध देशैभरका शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका कारण काठमाडौँको मुख्य सडकहरू अस्तव्यस्त भएको छ।

शिक्षकहरूले आज तेस्राे दिन पनि माइतीघर– बानेश्वरको मूल सडक ढाकेर आन्दोलन गरिरहेका छन्। शिक्षकहरूले बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन्। आन्दोलनका लागि देशभरिबाट शिक्षकहरू काठमाडौँ आएका छन्।

आन्दोलनका कारण ट्राफिक प्रहरीले माइतीघर र बानेश्वर भएर सवारी चलाउने यातायातलाई डाइभर्सन गरेका कारण मूल सडकबाहेक सहायक सडकहरूमा समेत सवारी जाम बढेको छ। जामका कारण छिनमै पुग्ने ठाउँ पुग्न पनि घण्टौँ पर्खनुपर्ने अवस्था छ।

 

Logo