अल्फाबिटामा शुक्रबार ‘इन्टरनेशनल एड्मिशन डे’ आयोजना हुँदै

अल्फाबिटामा शुक्रबार ‘इन्टरनेशनल एड्मिशन डे’ आयोजना हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले यही जनवरी २६ मा ‘इन्टरनेशनल एड्मिशन डे’ आयोजना गर्दैछ ।

अल्फाबिटाले वर्षभरी विद्यार्थीहरुलाई लोकल एजुकेसन र इन्टरनेशनल एजुकेसनको बारेमा परामर्श दिनेलगायत विभिन्न शैक्षिक क्रियाकलाप गर्दै आएको छ । यो पटकको फेयरमा पछिल्लोसमय नेपाली विद्यार्थीहरुको रोजाईको गन्तव्य बनेको युएसए, युके, क्यानडा, अष्ट्रेलिया, आयरल्याण्ड, इण्डियाका विश्वविद्यालयका प्रतिनिधिहरु ल्याएर विद्यार्थीहरुलाई परामर्श दिने अल्फाबिटाको तयारी छ ।

आफ्ना जिज्ञासाहरू सीधै विश्वविद्यालयका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले यस फेयरले विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रभावमा सहयोग पुग्ने सिईओ शर्माकाे विश्वास छ ।

अल्फाबिटाका सिईओ द्विराज शर्माका अनुसार उक्त फेयर आगामी शुक्रबार अल्फाबिटा भवनको तेस्रो अथवा चौथो तलामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । फेयरमा विद्यार्थीहरुको इनोभेसन, छात्रवृति, डकुमेन्टेसन, यसको समयसिमाहरुबारे अवगत गराइनेछ । साथै विदेशमा काम गरिसकेका एक्सपर्टहरुबाट फ्रि-सेसनहरु पनि सञ्चालन हुनेछ । आफ्ना जिज्ञासाहरू सीधै विश्वविद्यालयका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न सक्ने भएकाले यस फेयरले विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रभावमा सहयोग पुग्ने सिईओ शर्माकाे विश्वास छ ।

सँगसँगै फेयरमा टोफेल, आइईएलएटीएस, पीटीईका बारेमा पनि जानकारी गराइन्छ । त्यो बेला लक्की ड्र पनि हुन्छ । फ्रि-पीटीई, फ्रि-आइईएलएटीएसको भौचरहरु पनि बाँडिन्छ । फेयरले विद्यार्थीहरुलाई आगामी विदेश यात्रा निकै सहज बनाउने भएकाले सहभागी जनाउन अल्फाबिटाको आग्रह छ ।

Logo