ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दिपेन्द्रसिंह ऐरी नियुक्त

ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दिपेन्द्रसिंह ऐरी नियुक्त

केन्द्रबिन्दु
0
Shares

अग्रणी शैक्षिक परामर्शदाता ग्रेस इन्टरनेसनल एजुकेसन एण्ड माइग्रेसन प्रालिको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेल र क्रिकेटर दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । तीन वर्षका लागि भएको सम्झौता अनुसार क्रिकेटर ऐरीले ग्रेस इन्टरनेसनलको प्रवर्धनमा सहयोग गर्नेछन् ।

१७ वर्षदेखि अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकासहितका देशमा पढ्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना अनुरुप क्रिकेटर दीपेन्द्रसँग सहकार्य सम्झौता गरेको हो । नौ बलमा ५२ रन प्रहार गरी सबैभन्दा छिटाे अर्धशतकको विश्व रेकर्ड बनाएका दिपेन्द्र नेपाली क्रिकेटका उत्कृष्ट अलराउन्डर हुन् । नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका हाल उनी प्रधानमन्त्री कपमा व्यस्त छन् ।

कार्यक्रममा ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयू पौडेलले दीपेन्द्रसँगको सहकार्य व्यवसाय प्रवर्द्धनको उद्देश्यले मात्र नभएर क्रिकेटप्रति उत्तरदायित्वको रूपमा रहेको बताए । ग्रेस इन्टरनेसनलले सन् २०२४ लाई खेलकुद वर्षका रुपमा मनाउने उनकाे भनाई छ ।

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले पनि ग्रेससँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्दै यस यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे ।

Logo